नागरिक पोष्ट News


गर्मीले एक सातामा स्पेन र पोर्चुगलमा १ हजार ७ सयको मृत्यु

0.9K

काठमाडौं । गर्मीले स्पेन र पोर्चुगलमा १ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ । जसको कारण विगत केही सातादेखि युरोपमा उच्च तापक्रम देखिएको छ । तापक्रम बढेर लुु चल्दा मृत्यु हुने पुगेको हो ।

सुख्खा मौसमसँग फ्रान्स, स्पेन र पोर्चुगलमा वन डढेलो लागेको छ । जसको कारण हजारौं मानिस घर छाड्न बाध्य भएका छन् ।

लुु चलेको कारण मृत्यु हुनेहरुको संख्या गणना गर्न समेत समस्या परेको बताइएको छ । जसले मुत्यु हुनेहरुको पूर्ण विवरण प्राप्त गर्न अझै केही साता लाग्ने बताइएको छ ।

स्पेनको कार्लोस थर्ड इन्स्टिच्युटका अनुसार लुको कारण जुलाई १० देखि जुलाई १७ सम्ममा देशभरमा ६ सय ७८ जना मृत्यु भैसकेको छ ।

पोर्चुगलका स्वास्थ्यका महानिर्देशकले जुलाई ७ देखि जुलाई १८ सम्म देशभित्र १ हजार ६३ जनाको मृत्यु गर्मीको कारण भएको रोयटर्सलाई बताएका छन् ।

Must View