नागरिक पोष्ट News


यसकारण साउनमा भगवान शिवजीलाई : हे भोलेबाबा ! हे शिवशङ्कर !! भनी भक्ति र आरधना गरिन्छ

1.6K

काठमाडौं । शिवभक्तिको महिमा गाइने साउनको महिना छ । भक्तजन पुकारा गर्दैछन्, ‘हे भोलेबाबा..! हे शिवशङ्कर..! हाम्रो उद्धार गर ।’ तर महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर आफैँ अस्तित्वको सङ्कटमा छ । बडहरी र रातु नदीको सङ्गम (दोभान)स्थित यो प्राचीन शिवालय वर्षेनीको कटानबाट अस्तित्वको सङ्कटमा परेको हो ।

साउन लागेपछि भोलेबाबालाई गाईको दूध, पवित्र जल र बेलपत्र चढाउन पुग्नुभएकी छिमेकी बस्ती पलारकी सियानकीदेवी बाँतरले भन्नुभयो, “ खै अहिले हजुरसँग दःुखको के पुकारा गराँैं ? तपाइँ आफैं अस्तित्वको सङ्कट झेल्दै हुनुहुन्छ, आउने वर्ष यहाँ आउँदा हजुरलाई सुरक्षित देख्न पाउँ ।”

मन्दिरमा दर्शन र जलपूmल चढाउन पुग्ने भक्त अहिले आफ्नो दुःख बिर्सेर भगवान शिवकै सुरक्षाको चिन्ता गरिरहेका त्यहाँ भेटिन्छन् ।

Must View