नागरिक पोष्ट News


दुई किलोे ‘युरेनियम’ को धुलोसहित विराटनगरबाट १५ जना पक्राउ

1.2K

विराटनगर - मोरङ प्रहरीले दुई किलो युरेनियम भनिएको धुलोसहित १५ जनालाई पक्राउ गरेको छ । विराटनगरको छुट्टा छुट्टै स्थानबाट दुई वटा समूहलाई पक्राउ गरेको हो ।

विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाले पक्राउ परेकाहरु भरिया रहेको बताए ।

उनका अनुसार साउन १ गत एक किलो ८७.३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चानेकबाट ८ जना पक्राउ परेका थिए । साउन ३ गते विराटनगर महानगरपालिका– ३ को दूधफारम नजिकैबाट ९७८.६ ग्रामसहित सात जना पक्राउ परेका हुन् ।

साउन १ गते प्रहरीले मोरङ धनपालथान गाउँपालिका– ७ का ४१ वर्षीय शिवशंकर पासवान, ४३ वर्षीय प्रदीप पुरी, ४४ वर्षीय लक्ष्मण शर्मा, सोही पालिका वडा नम्बर ४ का ३७ वर्षीय मुकेशकुमार साह, कटहरी गाउँपालिका–२ का ४० वर्षीय दिलिपकुमार शर्मा, विराटनगर महानगरपालिका– १२ का ४६ वर्षीय फटिककुमार कार्की, सोलुखुम्बुका ३५ वर्षीय गोपाल मगर, खोटाङका ३२ वर्र्षीय किरन राई पक्राउ गरेको थियो ।

उनीहरुलाई विराटनगरको ठुल्दाइ होटलमा ग्राहकलाई पर्खिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।

साउन ३ गते गोरखाको गण्डकी गाउँपालिका– ८ का ४५ वर्षीय जीवन गुरुङ, महोेत्तरीको मङ्हा गाउँपालिका– ६ का ४२ वर्षीय अब्दुल गनी खान, बर्दिबास नगरपालिका– १२ का ३० वर्षीय चन्दनकुमार महतो, मोरङको ग्रामथान गाउँपालिका– ३ का ५५ वर्षीय ५५ वर्षीय रबिन्द्र गच्छदार, मकवानपुरको बागमती गाउँपालिका– ५ का ३६ वर्षीय दिपकबहादुर भलोन, महोत्ततरीको मनराषीशवा नगरपालिका ३ का ४९ वर्षीय उमेशप्रसाद यादव र सिन्धुलीको कमलामाई नगरपालिका– ५ का २८ वर्षीय श्याम घिमिरेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । बरामत भएको वस्तु परीक्षणका लागि पठाइएको उनले बताए ।

Must View