नागरिक पोष्ट News


रश्मिका मन्दना र विजय देवेराकोन्डाको बिबाहको गसिप को सत्यता के ? 

3.1K

एजेन्सी - दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना फिल्म ‘पुष्पाः द राइज’ पछि निकै चर्चामा आइन्। टलिउडमा जमेकी उनको चर्चा पुष्पाले पूरा भारतभर फैलायो।

 

यो फिल्मको सफलतासँगै रश्मिकाले आफ्नो पारिश्रमिक पनि बढाएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्। बलिउड लाइफका अनुसार उनी अहिले टलिउडकी महँगी अभिनेत्रीमध्ये एक हुन्।

 

उनले पहिले एक फिल्मबापत् दुई करोड भारू लिन्थिन्। पुष्पादेखि भने उनले आफ्नो पारिश्रमिक तीन करोड भारू पुर्‍याएकी छन्। बढी पारिश्रमिक लिनेमा उनले अभिनेत्री सामन्था रूथलाई उछिनेकी हुन्।

 

 

रश्मिकाको चर्चा अहिले उनको फिल्म र करिअरले मात्र भइरहेको भने छैन। उनको प्रेम जीवनबारे पनि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा थुप्रै खबर आइरहेका छन्।

Must View