१२.४ प्रतिशतले बढ्यो आन्तरिक कर्जा प्रवाह
1.2K
काठमाडौं - आर्थिक वर्ष २०७८÷७९ को एघार महिनामा कुल आन्तरिक कर्जा १२।४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनले यस्तो देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा २१।९ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा यस्तो कर्जा १७।३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो दावी २५।२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ जेठ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १६ प्रतिशतले बढेको छ ।