नागरिक पोष्ट News


गभर्नर विरुद्धको प्रदर्शनमा उत्रेका सत्तारुढ दलका बिद्यार्थी माथि  प्रहरीको धड्पकट 

1.1K

काठमाडौं - गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

उनीहरुले राष्ट्र बैंकलाई केन्द्रित गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेका थिए । प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरीको तैनाथी बढाइएको छ ।

तस्बिर - अनलाईन खबरबाट 

Must View