नागरिक पोष्ट News


उमा र प्रकाशको तिज गितमा ज्योति मगर र हैटको ' घण्टा' बजेपछि   

1.4K

काठमाडौँ -  नजिकिदै गरेको पर्ब तीज को छेको पारेर तिज बिसेष गीतहरु बजारमा आउने क्रम सुरु भैसकेको छ। यहि क्रममा यस बर्षको तीज लक्षित गीतहरु कतिले त् चर्चाको सिखर नै चुमिसकेका छन् 

बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच दोहोरी गायक प्रकाश कटुवाल    र गायिका उमा श्रेष्ठको  यस बर्षको पहिलो तिज कोसेली 'घण्टा' सार्बजनिक भएको छ । 

सार्बजनिक गीतमा विनोद ढकालको  शब्द सृर्जना एवम् गायक कटुवालकै लय   रहेको छ । शंकर विसीको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा ज्योती मगर र बुद्ध तामाङको अभिनय संगै डान्सिंग फिचर रहेको छ ।

गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छांयाकन एवम् नविन घर्ति मगरले सम्पादन गरेका छन् । गित Prakash Katuwal अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ ।  केहि दोहोरो अर्थ लाग्ने जस्तो देखिए पनि गीत बिसुद्दा मनोरन्जनका लागि बनाईएको हुदा सोहि रुपमा बुझिदिन गायक कटुवालले नागरिक पोस्ट मार्फत समग्र दर्शक श्रोतालाई आग्रह समेत गरेका छन्।  

हेर्नुहोस भिडियो !

 

Must View