नागरिक पोष्ट News


कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित

1.4K

काठमाडौं । नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।

२०७४ सालको चुनावबाट सांसद भएलगत्तै भुसाल उपसभामुखको निर्वाचनमा उम्मेदवार बनेकी थिइन् । २ चैत २०७४ मा भएको उपसभामुखको निर्वाचनमा उनी तत्कालीन वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी नेकपा एमालेकी शिवमाया तुम्बाहाम्फेसँग पराजित भइन । त्यसबेला तुम्बाहाम्फे २०१ मत प्राप्त गरी विजयी हुँदा भुसालले ५८ मत पाएकी थिइन् ।

Must View