नागरिक पोष्ट News


नगरप्रमुखको हरेक सकारात्मक काममा हाम्रो साथ छ, काठमाडौँबाट ठेला र साइकल ब्यबसाय हट्नै पर्छ - वडा अध्यक्ष सुमन श्रेष्ठ  ( भिडियो सहित )

826

काठमाडौँ - काठमाडौँ महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष सुमन श्रेष्ठले फुटपाथ पैदल यात्रुकै लागि भएको जोड दिनुभएको छ । नागरिक पोस्टसंग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले अब काठमाडौँबाट ठेला र फुटपाथ ब्यबसाय पूर्ण रुपमा हट्नु नै पर्ने बताउनु भएको हो। 

सहरको सभ्यता भारतीय माग्ने र ठेला र साइकलमा ब्यबसाय गर्ने भारतीय नागरिकका कारण झन कुरुप बन्दै गएको भन्दै ब्यबसाय दर्ता गरि करको दायरामा रही भाडा तिरी ब्यबस्थित रुपमा गरेका ब्यबसयालाई मात्र प्रोत्साहन गर्ने नीति आउनुपर्ने कुरामा आफ्नो बिसेष ध्यान रहेको बताउनु भयो । 

निर्बाचित भएका सबै जनप्रतिनिधिले दल या समूह नभई स्वत्रन्त्र हिसाबले सबै नागरिकलाई समान दृस्टिले व्यवहार गरिनु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले आफुमाथि  कहिले पनि त्यस्तो प्रश्न उठाउने ठाउ नै नदिन सजग रहेको बताउनु भयो । स्वतन्त्र उमेद्वारी मार्फत बिजयी भएका नगरप्रमुख बालेन  शाहको हरेक सकारात्मक योजना सफल बनाउन साथ दिने वहाले प्रतिबद्दता समेत ब्यक्त गर्नु भयो। 

हेर्नुहोस भिडियो :   

Must View