नागरिक पोष्ट News


 २०९ औं भानु जयन्तिको अबसरमा  कविता बाचन कार्यक्रम सम्पन्न ( कार्यक्रमको पूरा भिडियो सहित )

3.1K

सबु बस्नेत , काठमाडौँ  - आज असार २९ गते अर्थात् भानु जयन्ति। देशभर नै विभिन्न कार्यक्रम गरेर मनाईएको छ।  सोहि क्रममा  कुलेश्वर आवास परिवार कल्याण संंस्था अन्तर्गतको साहित्य, कला संस्कृति समाज, जेष्ठ नागरिक मिलन केन्द्र र महिला समुह, कुलेश्वरद्वारा  २०९ औं भानु जयन्तिको अबसरमा  कविता बाचन कार्यक्रम सम्पन्न भएको छ। भानु जयन्तिको अवसर परेर यहि  २०७९ आषाढ २९ गते बुधबार सस्थाको सभाहल कुलेश्वर मा आयोजित कार्यक्रममा विभिन्न तह र तप्काका साहित्यानुरागी हरुको बाक्लो उपस्थिति रहेको थियो। 

 साहित्य, कला संस्कृति समाजका सल्लाहकार बुद्धिमान ढुंगानाले संचालन गर्नु भएको कार्यक्रममा भानुभक्तका बिसयमा प्रस्तुत गरिएका साहित्यिक बान्कीले समग्र माहोल नै भानु भक्त माया नै भएको थियो। 

कुलेश्वर आ.प.क.स.का अध्यक्ष राजु शर्मा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  बागमति प्रदेस सांसद माननीय अजयक्रान्ति शाक्यको प्रमुख आथित्यता रहेको थियो। त्यस्तै कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. बिदुर चालिसे,संस्थाका निवर्तमान अध्यक्ष तथा जेष्ठ नागरिक मिलन केन्द्रका संयोजक लोकनाथ पोखरेल , का.म.न.पा.वडा नं. १४ का नवनिवार्चित वडा अध्यक्ष श्री सुमन श्रेष्ठ, वडा सदस्यहरुः शोभा खड्का, अनिता नेपाली, अच्युत सापकोटा, नबिन नकर्मी , साहित्य, कला संस्कृति समाजका संयोजक रामकुमार श्रेष्ठ (रामविनय),    डा. केबि रोकाय, भेषनारायण दाहाल, डा.देवकाजी डंगोल, कविहरुः मञ्जु काँचुली, राम ब.पहाडि, विवस वस्ती, गोपाल नेपाल लगायत का व्यक्तित्व हरुको समेत उपस्थिति रहेको थियो। 

कविहरु रामबहादुर पहाडी ,विवस बस्ती     ,मञ्जु काँचुली  , गोपाल नेपाल  , जयराम लुईटेल  , हरिप्रसाद खतिवडा , डा.अजयक्रान्ति शाक्य  तथा  बिरेन्द्र मालाकार बाट बचन गरिएका कविताहरुको प्रा.डा. बिदुर चालिसेबाट  समिक्षा गरिएको थियो। 

सोहि अबसरमा  समाजसेवी डा.केबी रोकाय तथा द्रोपती रोकायबाट स्व.नवमी रोकायको स्मृतिमा सँस्थालाई नगद रु. १ लाख हस्तान्तरण समेत गरिएको थियो।  

कार्यक्रमको पूरा भिडियो हेर्नुहोस तपाई पनि !

 

Must View