नागरिक पोष्ट News


४१ बर्षीय बिक्रम राईलाई बचाउन सबैलाई अपिल 

1.2K

भोला तिमल्सिना , काठमाडौँ - दुवै मृगौला फेल भै बिगत ४ बर्ष देखि नियमित डाईलोसिस गरिरहनु भएका ४१ बर्षीय बिक्रम राई अहिले जिबन र मरणको दोशाधमा हुनुहुन्छ। आफ्नै श्रीमती ले वहालाई मृगौला दिन तयार हुनुहुन्छ तर आर्थिक अभाबमा वहाको उपचारमा समस्या भै रहेको छ। जति सक्दो छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने डाक्टर को सुझाब भए पनि आर्थिक अभाबमा यो सम्भब भै रहेको छैन। 

तपाई सबै सहयोगी मन भएका दानबिर महानुभाबलाई आफुले सक्दो आर्थिक सहायता गरि विक्रमको उपचारमा सहयोग गर्न हामि अपिल गर्दछौ। तपाईले सिधै बिरामी बिक्रम राईको मोबाईल नम्बर   ९८४६०४६४९९ मा फोन गरेर सिधै बिरामी लाई नै भेटेर सहयोग गर्न सक्नुहुन्छ।  अथवा वहाको खातामा आफ्नो सहयोग रकम जम्मा गरेर पनि यो पून्यको काममा एक सानो ईट्टा थप गर्न सक्नु हुनेछ। 

जसको लागि बिरामी स्वयम्  ( बिक्रम राई )को नाममा ग्लोबल आई एम ई बैंक मा रहेको खाता नम्बर ६५०७०१०००२६२८ मा सिधै रकम जम्मा गरिदिन सक्नु हुन्छ। तपाइले गरेको सानो सहयोगले कसैको ज्यान बाच्छ भने कृपया दिल खोलेर सहयोग गरिदिनु हुन् सबै लाई हाम्रो अपिल छ। 

 

 

Must View