नागरिक पोष्ट News


चालु आर्थिक वर्षको भुक्तानी र निकासा बन्द

742

काठमाडौं -  महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आइतबारदेखि बन्द भएको जनाएको छ ।

कार्यालयले बुधबार निर्णय गर्दै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी गराएको हो । नियमावलीअनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्नेछ । त्यसअघि नै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

नियमावलीअनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक भुक्तानी दिनुपर्ने अन्य रकमको भुक्तानी भने बन्द गर्नुपर्नेछ । सोही व्यवस्थाअनुसार चालु आर्थिक वर्ष २०७८र७९ को भुक्तानी तथा निकासा शनिबार रातिदेखि रोकिएको हो ।

Must View