नागरिक पोष्ट News


२२ अर्ब ६० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

728

काठमाडौं - नेपाल राष्ट्र बैंकले असार २७ गते अर्थात् आज सोमबार पुनः २२ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असार २० गते पनि राष्ट्र बैंकले १८ अर्ब एक करोड रुपैयाँबराबरकोट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति असार २८ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमश ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँबराबरको रहेको छ । जसमध्ये ९१ दिने अवधिको २०७९ असोज २५ गते, एक सय ८२ दिने अवधिको २०७९ पुस २६ गते र तीन सय ६४ दिने अवधिको २०८० असार २६ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैकका अनुसार आज बिक्री हुुने यी ट्रेजरीहरु सबै पुरानो नवीकरणअन्तर्गतका छन् ।

यसअघि अर्थात् गत साता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको नौ अर्ब १० करोड र तीन सय ६४ दिने अवधिको आठ अर्ब ९१ करोड ६५ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

Must View