नागरिक पोष्ट News


मोडल सुजाता पाण्डे अभिनित तिज गित ‘छम्म छम्म” सार्बजनिक(भिडियो सहित)

1.2K

काठमाडौं - २०७९ सालको तीजलाई लक्षित गरेर गायिकाद्वय लक्ष्मी पुरी प्रधान र अस्मिता श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । ‘छम्म छम्म’ बोलको गीतमा लक्ष्मी र अस्मिताले स्वर भरेका छन् । बरिष्ठ सञ्चारकर्मी भरत बमजनको शब्द रहेको गीतमा संगीत समेत गायिका लक्ष्मीको नै रहेको छ । सुर संगीत स्टुडियोमा रेकर्ड गरिएको गीतलाई राजिब शाहले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा सुजता पाण्डे र आयुषा क्षेत्रीको नृत्य तथा अभिनय रहेको छ । मरुभुमी नारायणले छायांकन गरेको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । त्यस्तै राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन् । रोयल मुभीज प्रा।लि र दर्शित म्यूजिक एण्ड मिडिया प्रा।लिले पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई गायिका लक्ष्मी पुरीको युट्युब च्यानलबाट सार्वजनि गरिएको हो ।

Must View