नागरिक पोष्ट News


धुनिबेसी स्थित भुवनेश्वरी माबिका छात्रालाई दिइयो आत्मरक्षा तालिम

2K

धादिङ - आईसिटी पत्रकार विकास मञ्चको आयोजना र धुनिवेशी नगरपालिकाको सहकार्यमा नगरपालिका को वडा न ५ धार्केस्थित  भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको छ । यहि असार २२ र २३ गते ४ सिफ्ट मा संचालित तालिमबाट किसोरिहरुले दुर्ब्यबहारको पहिचान कसरि गर्ने र दुर्ब्यबहार बाट कसरि बच्ने भन्ने बिसयमा आधारभूत ज्ञान सिकेको आयोजक सस्था आईसिटी पत्रकार विकास मञ्चका सचिब भोला तिमल्सिनाले जानकारी दिनु भयो। 

पछिल्लो समय बालिकाहरु विभिन्न हिंसाका घटनामा परेको र असुरक्षित भएका कारणले उक्त विद्यालयलका कक्षा ७, ८, ९ र १० मा अध्ययनरत छात्राहरुलाई दिईएको आत्म रक्षाको  तालिमले शारीरिक संगै मानसिक तबरले समेत किसोरिहरु लाई दुर्ब्यबहार संग कसरी जुध्ने र यसबाट कसरी  बच्ने भन्ने बिसयमा जानकारी दिएको आयोजकले सस्थाले जनाएको छ । 

 

तालिमको उद्घाटन समहरोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक गणेश रेग्मीले किशोरीहरुलाई परिचित र अपरिचितबाट हुनसक्ने लैङ्गिक हिंसा र यौन दुर्व्यवहारको प्रतिकार गर्नकालागि आत्मरक्षा प्रशिक्षण दिएपछि उनीहरु आफुलाई सुरक्षित राख्न सफल हुनेमा विश्वास व्यक्त गरे। छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने वैचारिक एवं शारीरिक क्षमता अभिवृद्धि गर्न दिइएको उक्त प्रशिक्षणमा एक सय भन्दाबढी किशोरीहरु सहभागी थिए ।

देशमा पछिल्लो समय महिला हिंसा तथा महिला दुर्व्यवहारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको कारण महिला हिंसा र दुर्व्यवहारका घटना न्युनिकरणका लागि फरक तरिकाले सोच्ने र प्रत्येक नारीलाई आफ्नो रक्षा आफैं गर्न सक्षम बनाउने उद्देश्यले तालीम सञ्चालन गरिएको हो ।

दुर्ब्यबहार पहिचान गर्दै आत्मबल अभिवृद्धि गर्दै यसबाट बच्ने उपयहरुका बिसयमा मनोबिद राजेश्वरी श्रेष्ठ र भोला तिमल्सिनाले प्रशिक्षण दिनु भएको थियो।  त्यस्तै  आत्म रक्षा तालिममा आफुलाई कोही आक्रमण गर्न आउदा त्यसबाट आफु कसरी बच्ने कस्ता खाले उपायहरु अपनाउन सकीन्छ भन्ने बारेमा प्रशिक्षक राजु नेपाली, रजिन च्यामे र सुप्रिय भण्डारीले शारीरिक प्रशिक्षण दिनुभएको थियो । 

महिला हिंसा , मानब बेचबिखन तथा लैंगिक विभेदबाट बच्न समाज र व्यक्तिको भूमिकाको बिसयम प्रशिक्षकहरु सावित्री बस्नेत , डी पी मैनाली , मायालु तामाङ्ग , बिनिता आचार्य तथा राजेन्द्र सुबेदीले किसोरिहरुलाई प्रशिक्षण दिनुभएको थियो।   

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्न सक्ने बनाउनु मुख्य उदेश्य रहेको सो तालिममा समाजमा हुने यौन दुर्व्यवहारका घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न जानकारीमूलक आत्म रक्षा सम्वन्धी सुत्रहरु सिकाईएको थियो ।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखाका विकास खत्री, केशव शहादुर महरा, बिद्यालयका शिक्षक भारत  रेग्मी तथा  कौसीक शर्मा को समेत उपस्थिति रहेको थियो। 

 

Must View