नागरिक पोष्ट News


नेकपा(माओवादी केन्द्र) को पदाधिकारी टुंग्याउन अन्तिम गृहकार्यमा प्रचण्ड

0.9K

काठमाडौं। नेकपा(माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको तेश्रो बैठक स्थगित गरिएको छ। तीन दिनसम्म चल्ने भनिएको बैठक पार्टीका पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिँदै बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको हो। आन्तरिक तयारीको लागि बैठक एक दिन स्थगन भएको माओवादी केन्द्रले जनाएको छ। माओवादीले गत पुषमा सम्पन्न गरेको आठौं महाधिवेशनको सात महिनासम्म पनि पदाधिकारी चयन गर्न नसकेको भन्दै बैठकमा नेतृत्वको चर्को आलोचना भएपछि पदाधिकारी चयन गर्ने सर्वाधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ। माओवादीले विधान अनुसार १५ सदस्यीय पदाधिकारी चयन गर्नेछ। जसमा अध्यक्ष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले प्रचण्डलाई चयन गरेको हो। अब बाँकी १४ जना चयन गर्नुपर्ने छ। जसमा बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ चयन हुनेछन्।

जसअनुसार बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निश्चित जस्तै छन्। अन्य ६ जना उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, मातृका यादव, गिरिराजमणि पोखरेल लगायतको सम्भावना बढ्दो छ। सचिवमा चक्रपाणि खनाल, गणेश शाहलगायतको चर्चा छ भने हरिबोल गजुरेलले समेत उपाध्यक्ष नभइ सचिवमा इच्छा देखाएका छन्।

पदाधिकारी चयन गर्ने सम्पुर्ण अधिकार आफूले पाएसँगै उनले आन्तरिक तयारी तीब्र बनाएका छन्। अध्यक्षलाई पदाधिकारी, स्थायी कमिटी र पोलिट्ब्यूरो सम्पुर्णकोे प्रस्ताबको जिम्मा दिइएको सह्मति हुन सक्ने अबस्थामा मात्रै प्रस्ताव पेश गर्ने र प्रस्ताव पेश गर्नुपूर्व सम्बन्धित नेताको सहमति लिएर मात्रै प्रस्ताव गर्ने बताइएको छ ।

जारी केन्द्रीय समितिको बैठकमा पार्टीले महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पदाधिकारी पोलिट्ब्यूरो स्थायी कमिटी, सल्लाहकार समितिलगायतका कुनै पनि संरचना बनाउन नसकेको भन्दै नेतृत्वको ब्यापक आलोचना समेत भएको थियो।

Must View