नागरिक पोष्ट News


नेपालमा पहिलो पटक ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला

833

एजेन्सी ।  नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए ।  उनका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (बिए५) हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए ।  भारतमा कोरोनाको गति लगातार बढिरहेको छ । यदि पछिल्लो २४ घण्टाको कुरा गर्ने हो भने १७ हजार ९२ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो समय कोरोनाका नयाँ सबभ्यारियन्ट पनि देखा परेका छन्  । जसका कारण कोरोनाका केसहरु बढिरहेका छन् । भारतबाहेक इङ्ल्यान्ड र बेलायतमा पनि कोरोनाको केस बढ्नुको कारण ओमिक्रोनको सबभेरिएन्ट BA.4 र BA.5 रहेको मानिन्छ। बढ्दो केसहरूलाई ध्यानमा राख्दै, पाँचौं लहरको सम्भावना पनि देखिन्छ। भारतमा दिनहुँ आउने केसको कुरा गर्ने हो भने विज्ञहरुले सावधानी अपनाउन सुझाव दिएका छन् । लगातार बढ्दै गएका कोरोना संक्रमितमा केही सामान्य लक्षणहरु देखिन थालेका छन् ।  

Must View