नागरिक पोष्ट News


तारकेश्वरमा ग्रिनरी रोपाई !, भिमसेनदास प्रधान र नगर प्रमुख कृष्णहरि महर्जनले गरे बाउसे

1.1K

काठमाडौं - तारकेश्वर नगरपालिका कृषि शाखाद्वारा आज १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । धर्मस्थली कार्यालय नजिकै रहेको कृषि फाँटमा सांसद् भिमसेनदास प्रधान, तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जन, नगरपालिकाका कर्मचारीहरु, स्वयम्सेविकाहरू, जनप्रतिनिधिहरु र नेपाली काँग्रेसमा आवद्ध नेतारकार्यकर्ताहरु हरियो टिर्सटमा पञ्चेबाजासहित रोपाई कार्यक्रममा सहभागी भएका थिए ।

रोपाई कार्यक्रममा सांसद् भिमसेनदास प्रधान, नगर प्रमुख कृष्णहरि महर्जनले बाउसे गर्नुका साथै ट्याक्टर चलाएका थिए । पञ्चेबाजा बजाएर सुरु गरेको रोपाई कार्यक्रममा सहभागीहरुले हिलो खेलेका थिए ।

वि।सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि वि।सं। २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि।सं। २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो र सोहीअनुसार आज तारकेश्वर नगरपालिकाले धर्मस्थलीमा बिभिन्न कार्यक्रम गरि मनाइएको हो ।

असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित अन्य पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

Must View