नागरिक पोष्ट News


नेप्से ४१ अङ्कले वृद्धि, लगानीकर्ता उत्साहित

749

काठमाडौँ - सेयर बजारमा बुधबार सकारात्मक माहोल देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । नेप्सेमा रौनकता छाउँदा लगानीकर्ता उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१।३९ अङ्कले बढेर १९६२।७१ विन्दुमा पुगेको छ । नेप्से २।१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६।५५ अङ्कले बढेर ३७९।१५ विन्दुमा पुगेको छ ।

कुल २२८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

बुधबार दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयर मूल्य १।९१ प्रतिशतले घटेर ४ सय ११ रुपैयाँमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४१।३९ अङ्कले बढेर १९६२।७१ विन्दुमा पुगेको छ । नेप्से २।१५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ६।५५ अङ्कले बढेर ३७९।१५ विन्दुमा पुगेको छ । कुल २२८ वटा कम्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेको छ ।

बुधबार ङादी ग्रुप पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयर मूल्य १।९१ प्रतिशतले घटेर ४ सय ११ रुपैयाँमा झरेको छ ।

Must View