नागरिक पोष्ट News


असार १५ , धान रोपाई : छुपुछुपु धान रोप्ने र दही चिउरा खाने चलन

2.2K

काठमाडौं ।  असार १५ । हरेक वर्ष असार १५ मा कृषि पेशामा संलग्न परिवारका सबै हिलोसँग खेल्दै, पानीसँग पौंठेजोरी खोज्दै, छुपुछुपु धान रोप्ने र दही चिउरा खाने चलन छ। नेपाल कृषिप्रधान देश। अन्नहरु मध्ये चामलको भात नेपालीहरुको भान्सामा अनिवार्य चाहिन्छ। त्यसैले धानको रोपाईँलाई नेपाली कृषकहरुले पर्वकै रुपमा मान्ने गरेका छन् । पहाडी भेगमा त पालो गरेर सबैको खेतमा धान रोप्न सामुहिक रुपमा सबै गइदिने चलन छ। धान रोपी सकेपछि दही चिउरा खान दिइन्छ।  

त्यसैले असार १५ गतेलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाइन्छ।  नेपाल सरकारले वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालको हो। अहिले जताततै धान दिवसलाई उत्सवको रुपमा मानिने गरेको छ। धान दिवसमा धान रोप्नकै लागि मोडलहरु, नायक नायिकाहरु र नेताहरु पनि हिलोमा खेल्ने चलन पछिल्लो समय बढेर गएको छ।

असार १५ कै दिन हिलोमा लतपतिएका कृषिमन्त्रीले महिलालाई अंगालो हाल्ने प्रयास गरेको तथा मोडलहरुलाई हिलोमा कुस्ती खेलेको शैलीमा पुरुषहरुले गरेको व्यवहारले बितेका बर्षहरुदेखि नै धान दिवस सामाजिक सञ्जालमा भाइरल नै भइरहेको छ। साच्चिकै माना रोपेर मुरी फलाउने दिनको रुपमा असार १५ लाई मनाउने किसानहरुले भने सामाजिक र आर्थिक महत्वका साथ यो पर्वलाई मनाउने गरेको पाइन्छ। पछिल्ला बर्षहरुमा कोरोना महामारीले किसानलाई खुलेर धान दिवस मनाउन नदिएको भएता पनि यस बर्ष जसरी चाडपर्वहरुमा उत्साह थपिएको छ।

Must View