नागरिक पोष्ट News


सुधारका योजनालाई निरन्तरता दिन्छु : मन्त्री कुँवर

770

काठमाडौँ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आगामी आवका लागि मन्त्रालयका नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत गरेका छन् ।  सिंहदरबारस्थित मन्त्रालयमा सोमबार पदबहालीपछि पहिलो निर्णयका रुपमा उनले आर्थिक वर्ष २०७९र८० का लागि निर्धारित लक्ष्य हासिल गर्न अख्तियार गरिएका कार्यक्रमका कार्ययोजना स्वीकृत गरेको प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । 

नवनियुक्त मन्त्री कुँवरले यसअघिको नेतृत्वले थालेका सुधारका योजनालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे  । अछाम चौरपाटी गाउँपालिका–४  ९साविक पायल गाविस–५० मा २०२३ साल भदौ ६ गते जन्मिएका नवनियुक्त श्रममन्त्री कुँवर नेकपा ९एकीकृत समाजवादी० को केन्द्रीय सदस्य, सङ्गठन विभागको सदस्यका साथै सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । 

उनी यसअघि राष्ट्रियसभाको सदस्यका रुपमा संसद्मा क्रियाशील भएका थिए । उनको चारवर्षे कार्यकाल गत फागुनमा सकिएको थियो । त्यसअघि उहाँ एकीकृत समाजवादीको राष्ट्रियसभातर्फका प्रमुख सचेतकसमेत हुन् । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी अछाम क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए ।

Must View