नेप्से २३.८५ अंकले ओरालो
896
काठमाडौं - साताको पहिलो दिन उकालो लागेको शेयर बजार नेप्से आज दोस्रो दिन सोमबार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २३.८५ अंकले घटेर १९३३.१३ अंकमा पुगेको छ ।
सोमबार २२९ कम्पनीको ५६ लाख ४१ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । ठुला कम्पनिको उपसूचक ७.०२ अंकले बढेर ३७५.८२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समुहका कम्पनीको कारोबार घटेको छ भने २ समूहका कम्पनीको कारोबार बढेको छ । सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार ११३.९६ अंकले बढेको छ भने सामान्य ०.६४ अंकले लगानी समूहका कम्पनीको कारोबार बढेको छ ।