नागरिक पोष्ट News


सेयर बजारमा उछाल: ९४ अंकले बढ्यो नेप्से

1.1K

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतवार शेयर बजार ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ९४।९२ अंकले अर्थात् ५.१० प्रतिशतले बढेको हो। योसँगै नेप्से १९५६.९८ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सिटिभ सूचक समेत १७.९३ अंकले बढेको छ। दिनभरिमा २ सय ३० कम्पनीको कारोबारमा ६३ लाख कित्ता सेयर बिक्री भएका छन्।

४४ हजार पटकको खरिदबिक्रीसँगै २ अर्ब १९ करोड ६१ लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

आइतवार व्यापार, होटल र पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र माइक्रोफाइनान्स कम्पनीहरुमा लगानीकर्ता आकर्षित भएका छन् । चार दर्जन बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ, जसमध्ये कुमारी बैंकको सर्वाधिक ८ करोडको कारोबार भएको छ।

Must View