नागरिक पोष्ट News


पहिलो पटक तारकेश्वरमा नागरिक सभा , समस्याको पहिचान गरि समाधानका उपाय खोजिदै  

1.6K

भोला तिमल्सिना , काठमाडौं - नर्थ काठमाडौं बिकास अभियानको आयोजनामा यहि असार 11 गते देखि दुईदिने तार्केश्वर नागरिक सभा 2079 को सुरुवात भएको छ । नागरिक चिट्ठा प्रणाली मार्फत छनोटमा परेका 48 जना तारकेश्वर बासी एबम तारकेश्वरका बिसयमा सरोकार वाला ब्यक्ति हरुको सहभागिता मा सभाको आयोजना गरिएको हो । दुई दिन सम्म संचालन हुने सभामा  बिसेश गरी तारकेश्वर नगरको बर्तमान समस्या पहिचान गरि नबनिर्बाचित जनप्रतिनिधि एबम सरोकारवाला ब्यक्ति सम्म पुर्‍याउने लक्ष्य लिइएको अभियानका अध्यक्ष अनिल धितालले बताउनु भयो । 

शनिबार सम्पन्न उद्घाटन समाहरोहमा तारकेश्वर नगर भित्रकै स्थायी बासिन्दा समेत रहनु भएका सर्बमान्य एबम दिग्गज कलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । सभाको सफलताको सुभ कामना दिदै कलाकार श्रेष्ठले तारकेश्वर मात्र नभई समग्र देश भर कै पालिकाको बिकासका लागि हरेक नागरिक सचेत हुनुपर्ने कुरामा जोड दिनु भयो । समस्या पहिचान गरि समाधानको उपाय समेत सुझाउने उद्देस्यले नर्थ काठमाडौँ  बिकास अभियानले यो नौलो अभ्यास गरेको भन्दै कलाकार श्रेष्ठले सफलताको सुभाकामना दिदै प्राप्त सुझाबलाई मनन गरि भोलिको दिनमा तारकेश्वर नगरपालिकाको सुखद भबिस्य लेख्न जनप्रतिनिधि एबम सबै सरोकारवाला हरुलाई आग्रह समेत गर्नु भयो। 

सभामा आफ्नो धारणा राख्दै अध्यक्ष धितालले १० बर्ष पहिले  तारकेश्वर नगरपालिका स्थापना हुनु पूर्व देखि नै काठमाडौँका  उत्तरी भेगमा अबस्थित गाउबिकास समितिहरुमा रहेका विभिन्न श्नानिया श्रोत तथा साधनहरुको समुचित प्रयोग र परिचालन मार्फत यी भूभागको  समुन्नतिका हेतुले नर्थ काठमाडौं बिकास अभियानको सुरुवात गरिएको प्रष्ट पर्नु भयो। वहाका अनुसार अभियानले शिक्षा , स्वस्थ , खानेपानी , ग्रामिण बिकास , शिप अभिवृद्धि , सामाजिक बिकास लगायत १० विधामा निरन्तर रुपमा काम गरिरहेको जानकारी समेत गराउनु भयो। 

नर्थ काठमाडौं बिकासका अभियान्ता सहित विभिन्न सरोकार वाला ब्यक्तीहरुको लामबगर स्थित कछुवा पार्टी प्यालेसमा आयोजना भै रहेको सभाले गहिराईमा पुगेर नगरबासिको समस्या पहिचान गरि त्यसको समाधानको ठोस कार्यदिशा नगरपालिकालाई सुझाउने अभियान्ता  श्रीराम केसि " फुटुङे"ले बताउनु भयो । देशैभरी चुनाब केन्द्रित शासन ब्यबस्था नागरिकको समस्याहरु बादबिबाद प्रतिबाद बिना नै पहिचान गर्न सभाको आयोजना गरिएको वाहाको तर्क थियो । बिसेष गरि स्थानिय नगरबासीका समस्या पहिचान  गरि त्यसको समाधन समेत उनीहरु बाटै खोजि जनसरकार लाई जबाफदेही गराउने उदेश्यले आयोजना गरिएको यो कार्यक्रम सम्भबत नेपालमै  पहिलो पटक भै रहेको अभियानता  फुटुङेको दाबि छ। 

नागरिक सभाका सहजकर्ता एबम अभियान्ता डाक्टर बिमल फुयालले नागरिकले आफ्नो भबिस्य आफै लेख्ने यो अभियानको सुरुवात हुनु सुखद रहेको तर्क राख्नु भयो। दिगो बिक्सकको अबधारणाका आधारमा ठोस योजना न्थनिया सरकार सम्म पुराउनु  आफैमा प्रसंशनीय कार्य भएको वहाको तर्क छ। बिकासको मोडालिटी बिस्वका कुनै पनि देशमा या सहरमा आयातित नभएर स्थानीय सभागिता र स्थानीय  मोडलमा नै हुने तथ्यलाई स्मरण गराउदै अभियान्ता फुयालले लोक सेवकको असल काममा सहयोग गर्ने र गलत प्रबृत्ति प्रति नागरिकक ले सधै खबरदारी गर्नुपर्ने दायित्त्व नागरिक सभाको भएको सुझाब समेत दिनु भयो। 

त्यस्तै अभियानका सस्थापक अध्यक्ष एबम अभियन्ता दामोदर प्रसाद अर्यालले नर्थ काठमाडौँको समुन्नति र दिगो बिकासका  लागि बिगतमा  आफ्नो नेतृत्त्वमा थुप्रै काम हरु भएको जानकारी गराउनु भयो। स्थानीय निकाय संगै आम नगरिकलिई समेत बिकास  प्रति सजग  र जिम्बेवार गराउन यस्ता कार्यक्रम सफल हुने बिस्वास समेत ब्यक्त गर्नु भयो। बिकास निर्माण संगै हरेक काममा पारदर्शिता र इमान्दरिकको लागि प्रत्यक नागरिकले  जानकार  हुदै  सधै खबरदारी गर्नु पर्ने वहाको  जोड छ। सभामा आई आफुले सिकेका कुराहरुलाई आफ्ना वडामा कार्यान्वन गराउन समेत वहाले आग्रह गर्नु भयो । 

 

नगरपालिका भित्रका कर्मचारी , शिक्षक , बुद्धिजिबी , दलित , जनजाति , अपाङ्ग तथा बिद्यार्थीहरु मध्येबाट नागरिक चिट्ठाका आधारमा ४८ जना सहभागीको छनोट गरिएको हो। सनिबार सम्पन्न पहिलो दिनको कार्यक्रममा   सहभागी हरुका बीचमा समुहगत छलफल गरि ठोस समस्याको पहिचान गरिएको अभियानले जानकारी गराएको छ । बिसेष गरि नगर भित्रका वर्तमान समस्या पहिचान गरि बिकासको नाममा भैरहेका कुबिकासको पाटोलाई समेत पहिचान गरिएको प्रमुख सहजकर्ता एबम अभियन्ता डाक्टर बिमल फुयालले जानकारी दिनु भयो। समुहगत छलफलको आधारमा मुख्य गरि प्राकृतिक दोहन , अब्यबस्थित सहरीकरण , खोला नालाको अतिक्रमण , खानेपानीको श्रोतको बिनास, नीतिगत भ्रस्टाचार  लगाएतका कु बिकासको  समस्याको पहिचान गरिएको वहाले जानकारी गराउनु भयो। 

आइतबार अझै ठोस बिसयमा छलफल गरि वास्तविक समस्या पहिचान र त्यसको समाधानका उपाय समेतको खोजि गरि नगर प्रमुख , उपप्रमुख सहित अन्य सरोकारवालाई सजग गराउने कार्यक्रमको तालिका रहेको छ।   

 

 

Must View