लामिछाने र खरेलबीच राजनीतिक यात्रामा सहकार्य हुने ?
1.1K
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले आज भेटवार्ता गरेका छन्।
उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ।
नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारीमा छन्।
रवि र खरेलबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको नेपाल सुशासन पार्टीले जनाएको छ।