नागरिक पोष्ट News


८८ करोड ५३ लाखको बजेट सार्वजनिक गर्दै धुनिवेशी नगरपालिकाको नगरसभा सम्पन्न  

1.2K

काठमाडौँ -  धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेको छ । नगरसभा मार्फत उपमेयर सुरज उप्रेतीले कुल ८८ करोड ५३ लाख २६ हजार रुपैयाको बजेट विनियोजन गरेका छन्।

 

गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

गाउँसभाले आर्थिक विकास तर्फ रु. ७ करोड ६० लाख ४५ हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ रु. २९ करोड ३७ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । पृर्वाधार विकास तर्फ रु. २९ करोड ८० लाख २५ हजार बजेट विनियोजन गरेको छ । कार्यालय तथा प्रशासनिक तर्फ रु. २० करोड १४ लाख ६२ हजार बजेट विनियोजन गरेको छ । त्यसै गरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ६० लाख ५० हजारको बजेट विनियोजन उपमेयर उप्रेतीले नगरँसभामा प्रस्तुत गर्नु भएको हो ।

बजेट प्रस्तुत गर्नुपूर्व नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

Must View