बागबजारको धारा र ट्युबवेलको पानीमा भेटियो हैजा फैलाउने जीवाणु
658
काठमाडौँ - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँको बागबजारको धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको जनाएको छ ।
काठमाडौँमा हैजाका बिरामी भेटिएपछि बागबजारको धारा र ट्युबवेलको पानीको परीक्षण गरिएको थियो । परीक्षण गर्दा पानीमा हैजा फैलाउने जीवाणु भेटिएको प्राधिकरणले जनाएको छ ।
‘हिजो बागबजारको धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु भेटियो । बर्खाको समयमा पानी प्रदूषित हुने जोखिम धेरै हुन्छ । पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउने गरौँ,’ प्राधिकरणले सामाजिक सञ्जाल ट्विटर मार्फत सर्वसाधारणलाई सजग हुन भनेको छ ।