नागरिक पोष्ट News


बेलायत उड्दै ५ महिला फिल्ममेकर

1K

काठमाडौँ- प्रशंसा केसी, प्रशुना डंगोल ,आश्रुती त्रिपाठी, पिंकी श्रीश राना र स्मृति बस्नेत आज बेलायत उड्दै छन् । आ-आफ्ना कथा लिएर उनीहरु बिहीबार बेलायत उड्न लागेका हुन् ।५ जना युवतीको यो पहिलो समूह हो जो बेलायतको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सेफिल्ड  डकफेस्ट’मा नेपाललाई प्रतिनिधित्व गरेर जाँदै छन् ।

 मंगलबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा उनीहरूले बेलायत जाने अवसर र आफूले छानेका विषयबारे पत्रकारसँग अनुभव साझा गरे । ५ जना युवतीलाई बेलायतको प्रतिष्ठित वृत्तचित्र महोत्सवमा जाने चाँजोपाँजो मिलाएका हुन् बेलायतको तास्कोभस्की फिल्मस्, ब्रिटिस काउन्सिलको जेन्डर फिल्म कार्यक्रम, पामे चलचित्र तथा संगीत महोत्सव र चलचित्र विकास बोर्ड ।

Must View