आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टर बिच सेवामा छुट सम्झौता
काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टिम सेन्टर प्राइभेट लिमिटेड बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र स्टिम सेन्टरका अध्यक्ष डा। बजरङ्ग कुमार रौनियारले हस्ताक्षर गरेका हुन ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सका कर्मचारी तथा ग्राहकहरुलाई स्टिम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः प्याथोलोजी टेष्ट, रेडेयोलोजी टेष्ट, फार्मेशी, डेन्टल तथा ओफथलोमोलोजीकल प्रोडक्टसमा १५ प्रतिशत सम्म छुट प्राप्त हुनेछ ।
सोही अवसरमा स्टिम सेन्टर बाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको को ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी टेष्ट लगायत अन्य सेवाहरु समेतमा १५ प्रतिशत सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
यस्तै आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टिम सेन्टरसँग आबद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने बताएका छन ।