साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार ओरालो लाग्यो
1.3K
काठमाडौं - यस साताको दोस्रो कारोबार दिन सोमबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ अंकमा पुगेको छ ।
सोमबार २३० कम्पनीको ६१ लाख ८६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।ठुला कम्पनिको उपसूचक ७.६६ अंकले घटेर ३६६.१९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.०५ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । सबै भन्दा धेरै र्निजिवन बीमा समुहका कम्पनीको कारोबार २३९.२२ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा ३.०३ अंकले कारोबार घटेको हो ।