नागरिक पोष्ट News


लागु पदार्थ दुव्यशनी विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न (भिडीयो सहित)

2.4K

काठमाण्डौँ - लागु पदार्थ दुव्यशनी विरुद्ध सचेतनामुलक कार्यक्रम श्रि शिद्धेश्वर मा .वि शान्तिनगरमा सम्पन्न भएको छ । युवाको शारिरीक तथा मानसिक विकास र लागू पदार्थ दुव्र्यशनी विरुद्धको सचेतना सम्बन्धी युवा स्वयमसेवक विकास र परिचालन कार्यक्रम इडियु प्ले युवा नेपालको आयोजनामा भएको हो । 

कार्यक्रम इडियु प्ले युवा नेपालको आयोजना र राष्ट्रिय युवा परिषद भक्तपुरको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्को सघसस्था समन्वय शाखा प्रमुख उपसचिव चन्द्रा थापा ,परिषद्कै उद्यमी सञ्जालका सल्लाहाकार सूर्य प्रसाद पनेरु ,प्रशिक्षकद्धय चेतना लोकमस र सुनिल महर्जन लगायत विभिन्न सघंसस्थाबाट ५० भन्दा बढी यूवाहरुको सहभागीता रहेको थियो ।

  पचास जना भन्दा बढी युवाहरुलाई यस सचेतनामुलक कार्यक्रम को तालिम दिई उनीहरुलाई कम्युनिटि स्कुलमा पठाएर दुव्र्यशनी विरुद्धमा सचेतना दिने साथै युथहरुलेनै युथहरुको इमोसन बुझ्ने र एक अर्कासँग कनेक्ट गर्ने हुनाले युथहरु मोविलाइजेशन गरिने यस कार्यक्रमको प्रमुख उद्येश्य रहेको सस्थाका अध्यक्ष निश्चल कार्की बताउनु हुन्छ । 

युवा परिषद के हो र युवाको बारेमा परिचयात्मक कार्यक्रम दिदै राष्ट्रिय युवा परिषद् सघंसस्था साखाको प्रमुख उपसचिव चन्द्रा थापाले कार्यक्रमको सुरुवात गर्नु भएको थियो । लागु पदार्थ दुव्र्यशनी सम्बन्धी विषयबस्तुको प्रस्तुतीकरण सिनियर साइकोलोजिष्ट चेतना लोकसुमले दिनुभएको थियो भने युवाको शारीरिक तथा मानसिक विकासमा खेलकुदको महत्व र युवा मानसिक स्वास्थ्य सम्बन्धी कानुन र नीतिको अध्ययन प्रतिवेदनको प्रस्तुतिकरण सुनिल महर्जनले दिनु भएको थियो । 

बर्तमान समयमा यस किसिमका कार्यक्रमको महत्व रहेको र समय सान्दर्भिक कार्यक्रम भएको उपस्थित सहभागी युवाहरुले जनाएका थिए ।  

 

Must View