नागरिक पोष्ट News


नेप्से ३७.२७ अंकले घट्यो

1.1K

काठमाडौं - यस साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार ओरालो लागेको छ । यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३७।२७ अंकले घटेर १९३४।११ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १।८९ प्रतिशतले बढी हो ।

आइतबार २२३ कम्पनीको ३६ लाख ६६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक ७।२९ अंकले घटेर ३७३।८५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १।९१ प्रतिशतले बढी हो ।

यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ । यस दिन सबै भन्दा धेरै र्निजिवन बीमा समुहका कम्पनीको कारोबार १५४।८३ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा १।९२ अंकले कारोबार घटेको हो ।

Must View