भन्सार छली ल्याईएको रासायनिक मल किसानहरुले लुटे , प्रहरीद्धारा लाठी प्रहार
धादिङ- धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ धार्केमा दूई वटा ट्रकमा ल्याएको रासायनिक मल किसानले नियन्त्रणामा लिएका छन् । भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् । भन्सार छलि गरि ल्याउँदै गरिएको दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिए पछि व्यापारीहरुको संलग्नतामा किसानहरुलाई जानकारी गराए पछि झन्डै ५ सय जनाको किसानले पृथ्वी राजमार्गको वीच सडकमा नौ ट्रक रोकेर नियन्त्रणमा लिएका छन् ।
व्यापारीहरुले केही समय देखि भन्सार छलि गर्दै धादिङका स्थानिय बजारमा मल कालोबजारी गर्दै बेच्दै आएको आरोप पनि लागेको छ । विशेष सुराकीको आधारमा राजश्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिए पछि व्यापारीको संलग्नतामा स्थानिय किसानलाई मल लुट्न लगाएको किसानहरुले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगेको बताएका छन् ।
अहिले देशभर मल अभाव भइरहेको छ । धान रोप्ने समयमा पनि मल नपाएको भन्दै किसान आक्रोशित भइरहेका बेला आज धार्केमा किसानहरुले मल कब्जा गरेका हुन् । किसानहरुले मल कब्जा गर्ने क्रममा प्रहरीले भिडलाई तितरवितर गर्न लाठी प्रहार पनि गरेको छ ।
https://youtu.be/Icb02P3WwKw