नागरिक पोष्ट News


करको दररेटमा राष्ट्रघात भएको प्रमाणित भए जिम्मेवारी लिने अर्थमन्त्री शर्माको स्पष्टोक्ति

1.6K

काठमाडौं -  अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् ।

बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उनले दावी गरे ।

अर्थमन्त्री शर्माले बजेटको अघिल्लो दिन आफू साढे ११ बजेदेखि पौने १२ बजेको बीचमा पुल्चोक गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालय आएको स्पष्टीकरण दिएका छन् । बजेट आउने अघिल्लो रात अनाधिकृत व्यक्ति छिरेर करका दरमा हेरफेर गरेको आरोपबारे संसदमा स्पष्ट पार्दै अर्थमन्त्री शर्माले मन्त्रालयमा को आउँछ, जान्छ, आफूलाई थाहा नहुने समेत बताए । ‘सचिव, डिजीसहित मिलेर बनाएको बजेटको जिम्मेवारी म लिन्छु,’ उनले भने, ‘मन्त्रालयमा कुन मान्छे, भित्र आए, मलाई थाहा हुँदैन ।’

Must View