नागरिक पोष्ट News


 एकिकृत पाठ्यक्रमको सुरु गर्दै ककनी गाँउपालिका  

1.9K

नुवाकोट - नुवाकोटको ककनी गाँउपालिकामा एकिकृत पाठ्यक्रम सम्बन्धि पेसागत बिकास तालिम सम्पन्न भएको छ ।  गाँउपालिका भित्र रहेका सामुदायिक बिद्यालयको कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई शिक्षक सिकाइमा सहजिकरणका लागी तालिम सञ्चालन गरेको हो । 

तालिममा ककनी गाउँपालिका भित्र रहेका ४१ वटा सामुदायिक बिद्यालयहरुबाट १ सय २३ जना शिक्षक÷शिक्षिकाहरुको सहभागीता रहेको थियो । पाँच वटा समूह निर्धारण गरी विभिन्न विद्यालयमा १५ दिनको प्रशिक्षण दिईएको हो ।

तल्लो तहका बिद्यार्थीहरुका लागि शिक्षकको सबैभन्दा बढी भुमिका रहने भएको हुँदा “आइ डु, उइ डु र यु डु” को नियमलाइ पालना गरि सिकाइ सहजिकरण गर्नका निम्ति शिक्षकहरु लाई आग्रह गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख केशव ज्ञवालीले बताउनु भएको छ । 

 

  ककनी गाँउपालिकाको केहि बिद्यालयहरुमा एकिकृत पाठ्यक्रम सुरुवात भैसकेको छ । सबै बिद्यालयमा एकिकृत पाठ्यक्रमको बिकास तथा कार्यान्वयन गर्नको लागी आग्रह गरिसकिएको उहाँले बताउनुभएको छ । 

शिक्षा, युवा तथा खेलकुद शाखा, ककनी नुवाकोट द्वारा आयोजित कार्यक्रममा प्रशिक्षण पश्चात केही विद्यालयमा भने एकीकृत पाठ्यक्रमको सुरुवात भैसकेको र ककनी गाउँपालिकाका सबै बिद्यालयमा लागू गर्ने र नुवाकोटकै उत्कृष्ट पालिका बनाउने लक्ष्य राखिएको शिक्षा, युवा शाखा ककनिका अधिकृत केशव ज्ञवालीले बताउनुभएको छ । 

तलिमबाट नबुझिएका कुरालाई जहाँ जुन अवस्थामा पनि सोध्न सकिने र अझै दिन समय हेरेर तालिमको व्यवस्था गराउने तर एकीकृत पाठ्यक्रमलाई अनिवार्य रुपमा लागू गरिनुपर्ने उहाँले बताउनुभएको छ ।

 

 

Must View