नागरिक पोष्ट News


तारकेश्वर वडा नं ९ को कार्यालय चोरी

1.3K

काठमाडौं - तारकेश्वर वडा नं ९ को कार्यालय गएराती चोरी भएपछि वडा कार्यालयबाट प्रदान गरिँदै आएकाने सेवाहरु प्रभावित भएको छ । वडा कार्यालयमा भएका ३ थान कम्प्युटर, १ थान इलेक्ट्रीक हाजिर मेसिन, ३ थान मल्टीपल्क, सिसि क्यामेराको हार्डडिस्क लगायतका सिस्टमहरु र कार्यालयमा प्रयोग गरिने चप्पलदेखि वर्षातिसम्म चोरी भएको छ ।

वडा कार्यालय परिसरका मुख्य दुई गेटहरु भने बन्द अवस्थामा नै रहेको थियो । कार्यालय समयमा कार्यालय सहायक कर्मचारी गएर भित्र जान खोज्दा सबै ढोकाहरु खुल्लादेखि निजले तत्काल प्रहरिलाई खबर गरेका थिए ।

बालाजु प्रहरि वृत्तका डिएसपि गौतम मिश्रसहितको प्रहरि टोली नगर प्रमुख कृष्णहरि महर्जनले कार्यालयको अवस्थाबारे घटना थाहा पाउने वित्तिकै अनुगमन गरेका थिए । 

Must View