नागरिक पोष्ट News


अब प्रत्येक १ गते भृकुटीमण्डप  बृहत सरसफाई कार्यक्रम हुने , पहिलो दिन यसरी गरियो सरसफाई 

1.4K

काठमाडौँ - काठमाडौँको मुटुमा अबस्थित भृकुटीमण्डप क्षेत्रको बृहत सफाई कार्यक्रम हुने भएको छ । अब प्रत्येक १ गते भृकुटीमण्डप  बृहत सरसफाई कार्यक्रम गर्दै भृकुटीमण्डपलाई सफा र स्वछ बनाउने कार्यको थालनी भएको हो। सोहि अभियान अन्तर्गत असार १ गते भृकुटीमण्डप परिसरमा रहेका सबै ब्यबसायी , कार्यालयका कर्मचारी हरु सहितको सहभागितामा सरसफाई गरियो । बिगत लामो समय देखि सरसफाई लगायतका विभिन्न सामाजिक काममा सक्रिय रहेको सामाजिक सस्था सस्कार समाज नेपालको समेत सहभागितामा भृकुटी मण्डपको सरसफाई गरिएको हो। 

समाज कल्याण परिषद अन्तर्गतको भृकुटीमण्डप संचालन कार्यालयको यस परिसरलाई सफा र स्वछ बनाउने अठोटमा आफुहरु सधै साथमै रहेको प्रतिबद्दता जनाउदै  काठमाडौँ निम्न ब्यापारी संघ खुल्लाबजार भृकुटीमण्डपका अध्यक्ष लक्ष्मी प्रसाद ओलीले अब नियमित यसैगरी सफाई को काम संचालन हुने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

 

त्यस्तै समाज कल्याण परिषद , प्रसासन बिभाग प्रमुख संजय कुमार मल्लिकले सरसफाईका लागि भृकुटीमण्डप कार्यालयले मात्र नभएर सबै ब्यबसायी ,आउजाउ गर्ने सर्बसाधारण सबैलाई सचेत गराईनु पर्ने कुरामा जोड दिनु भयो।  त्यसका लागि अब आफुहरुले गृहकार्य सुरु गरिसकेको मल्लिकको भनाई छ। 

 

बिगत ५ बर्ष देखि सफाई र सस्कारलाई जोड्दै आएको सामाजिक सस्था सस्कार समाज नेपालकी सस्थापक  अध्यक्ष पशुपति गुरुङले आफुहरुको निरन्तर चल्दै आएको कार्यक्रम अन्तर्गत समाज कल्याण परिसद संगको सहकार्यमा  यसरी सफाई कार्यक्रम गरिएको बताउनु भयो । सबैले आफ्नो दायित्व पुरा गर्न जिम्बेवार हुनुपर्ने बोध गराउन यसरी निरन्तर आफुहरु जनचेतनाको काम मा खटिरहेको वहाको भनाई छ     

काठमाडौँको मुटुमा अबस्थित भृकुटीमण्डप फोहोरको कारण कुरुप बनेको भन्दै  समाजकल्याण परिसद अन्तर्गतको संघ सस्था समन्वया साखाका कार्यालय प्रमुख रामराजा भट्टराईले  ब्यापारी , कर्मचारी सहितको अग्रसरतामा  भृकुटीमण्डपको बृहत सरसफाई  कार्यक्रममा जुटेको बताउनु भयो । अझै पनि फोहोरको बर्गिकरण र ब्यबस्थापनमा चेतनाको कमि भएको बताउदै यस बिसयमा समेत छिट्टै ठोस कार्यक्रम संचालन हुने वहाको भनाई छ । 

बिगत देखि नै हामीले यस्ता अभियानलाई नदेखेका त् पक्कै हैनौ । तर एक छिन अभियान चल्नुन्जेल सफा गरेजस्तो मात्र गर्ने तर पछि फेरी उही हबिगत हुदा न बागमती सफा भयो न काठमाडौँ नै । यसैगरी तपाई हामी अज्ञानी र असभ्य बनिरहने हो भने   तपाइँ हामि लाई सफाई र स्वस्थ जिबन सिकाउदै कयौं अभियान्ताको समय त् खेर गयो गयो संगै हाम्रो जिबन नै खेर जानेछ।  सफाई आफैमा सस्कार हो । आफुले उत्पादन गरेको फोहोरको उचित ब्यबस्थापन आफैले गर्न नसक्ने हो भने एउटा निरिह प्राणि सुँगुर संग तपाई हामीलाई तुलना गर्दा त्यो बिचरो सुँगुर माथि नै अन्याय हुन्छ । 

 

 

Must View