नागरिक पोष्ट News


त्रासमुक्त वातावरणमा काम गर्न पाउनु पर्ने माग सहित तारकेश्वरका स्थायी कर्मचारीले बुझाए नगर प्रमुखलाई ज्ञापनपत्र

1.3K

काठमाडौं - तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले नगर प्रमुख कृष्णहरि महर्जनलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् । तारकेश्वर नगरपालिकामा नयाँ नगर प्रमुख आइसकेपछि भईरहेका गतिविधी र घटनाक्रमलाई लिएर कर्मचारीहरु ससंकित भएका छन् । त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने माग राखी स्थायी कर्मचारीहरुले नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा यहि जेठ २६ गते भूमि व्यवस्थापन शाखा प्रमुख चेतबहादुर सिंहलाई नगरपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको थियो । सामान्य कमीकमजोरी गरेकोमा सिधै फिर्ता गर्ने काम भएकोमा कर्मचारीहरुले आपत्ती प्रकट गरेका छन् । सेवाग्राहीहरुले नगर प्रमुखको कार्यकक्षमा नै धम्क्याउने, थर्काउने र तर्साउनेजस्ता क्रियाकलाप हुँदा पनि प्रमुखज्यूले केही नबोली कर्मचारीहरुको अभिभावकत्व नलिँदा त्रासयुक्त वातावरण सृजना भएको ज्ञापन पत्रमा लेखिएको छ ।

त्यस्तै तेस्रो नम्वरमा नगर प्रमुखले एक कार्यक्रममा बोलेको भिडियोमा नगरपालिकामा ढिलासुस्ती काम हुनुमा फाइलको प्रत्येक पानामा हजारको नोट हुँदा रहेछन् भनेर बोलेको कुरालाई नगरबासीहरुमा कर्मचारी र कार्यालयप्रति नकारात्मक असर परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै करारका कर्मचारी हटाउने हल्लाले करारमा जागीर खाई बाँच्ने आधार भएका कर्मचारीहरुमा समस्या पैदा हुने भएकाले घनिभूत छलफल गरेर मात्र उचित निर्णय लिन नगर प्रमुखलाई कर्मचारीहरुले अनुरोध गरेका छन् ।

छन् ।

 

प्रतिक्रिया

Must View