नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको इन्जीनियर सुजन रेग्मीको शब्द रहेको गीतमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको अभिनय

0.9K

काठमाडौं - नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको अभिनयमा नयाँ गित झुम्कावाली गीतले बजार कमाएको छ । नमस्तेप्ल्स युट्युव नामक च्यानलबाट गीत अपलोड भएको छोटो समय ७ महिनामा ३० लाख भन्दा बढि भिओर्स प्राप्त गरेको छ । यो गीतमा तारकेश्वर नगरपालिकाको इन्जीनियर सुजन रेग्मीको शब्द रहेको छ । गीतमा इन्जीनियर मिलन अर्याल र चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।

गीतका शब्दहरुले गाउँको मौलिक शब्दलाई समेटेको पाइन्छ । मायाँ पिरतीमा आधारित यस गीतले पछिल्लो समय बजार तताउने देखिन्छ । गीतको कम्पोजर मिलन अर्याल, एरेन्जर झलक संगीतमको रहेको छ ।

धुलिखेलको हिमालयन होरिजन रिसोर्ट मा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा आकाश श्रेष्ठ र पुजा शर्माको जोडदार नृत्य रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा कोरियोग्राफी भने सुबोल थापाले गरेका छन् । निर्देशक निकेस खड्काले भिडियोमा नयापन र मौलिकपन समेट्न सफल भएको जनाएका छन ।

 

 

https://youtu.be/lw35dVKXLHU

Must View