नागरिक पोष्ट News


तारकेश्वर ९ मा विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

0.9K

नगर प्रमुख कृष्णहरि महर्जन, वडा अध्यक्ष श्यामकृष्ण महर्जन गरे रक्तदान  

काठमाडौं - तारकेश्वर वडा नं। ९ को मनमैजुमा विश्व रक्तदाता दिवस २०२२ को अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आयोजना र श्री अजिमा युवा क्लवको सह–आयोजनामा “सम्पदा, पर्यटन र रक्तदान” अभियान अन्तर्गतको तेस्रो सम्पदा क्षेत्र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हिजो शनिबार मनमैजु मन्दिर पाङ्गणमा भएको कार्यक्रममा ५० भन्दा बढिले रक्तदान गरेका छन् ।

कार्यक्रमको उद्घाटन नै तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले रक्तदान गरेर सुरु गरेर गरेका थिए । त्यस्तै कार्यक्रममा तानपा–९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जन र वडासदस्य उज्जवल अधिकारीले पनि रक्तदान गरेका थिए ।

Must View