नागरिक पोष्ट News


साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा “शैक्षिक नेतृत्वको लागि प्रशिक्षण” कार्यक्रम हुँदै

1K

काठमाडौं -  साउथवेस्टर्न स्टेट कलेजको आयोजनामा शैक्षिक नेतृत्वको लागि प्रशिक्षण कार्यक्रम हुने भएको छ । आउँदो असार २ गते कलेजको हलमा हुने कार्यक्रममा तारकेश्वर, टोखा, बुढानिलकण्ठ, नागार्जुन नगरपालिका र केही महानगरपालिका भित्रका सामुदायिक विद्यखलय र सँस्थागत विद्यालयका प्रिन्सिपल र भाइस प्रिन्सिपलहरुको सहभागिता हुने साउथवेस्टर्न स्टेट कलेजका सहायक क्यामपस प्रमुख हरिसिंह केसीले बताउनुभयो ।

यहि असार २ गते बिहान १०।४५ देखि सुरु भई ४ः०० बजे कार्यक्रम समापन गरिनेछ । तालिममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिनेछ । कार्यक्रममा सहभागि हुन कुनै शुल्क नलाग्ने साउथवेस्टर्न स्टेट कलेजका शिक्षक सुदर्शन जमकट्टेलले बताउनुभयो ।

कार्यक्रम दुई सेसनमा हुनेछ । पहिलो सेसनमा “२१ औं शताब्दीको शिक्षाको लागि, शिक्षकको गुणस्तर विकास”भन्ने विषयमा प्रा। डा। लक्ष्मण ज्ञवालीबाट प्रशिक्षण हुनेछ । दोस्रो सेसनमा “नेतृत्वकर्ता प्रिन्सिपलहरुका लागि विद्यालय सुधार” भन्ने कार्यक्रमका प्रशिक्षकमा डा। धनपति सुवेदीको प्रशिक्षण हुनेछ ।

यस्ता कार्यक्रमलाई साउथवेस्टर्न स्टेट कलेजले निरन्तर गर्दै आईरहेको छ । विद्यार्थीको क्षमता वृद्धिका कुरा मात्र नभएर आफ्ना वरपरका विद्यालयका प्रिन्सिपलहरुको क्षमता वृद्धि र योग्य लिडरसिपबारे कार्यक्रम निरन्तर गरिरहेको छ ।

Must View