नागरिक पोष्ट News


‘छक्का पन्जा ३’ र ‘कबड्डी ४’को व्यापारिक रेकर्डमा अस्वस्थ प्रतिस्पर्धा

1K

काठमाडौं - वितरक गोविन्द शाहीले ‘कबड्डी ४’को व्यापार ११ दिनमै १७ करोड भन्दा माथि पुर्याइसकेका छन् । रोचक कुरा के छ भने, फिल्मको टिमले नै एक सातामा १४ करोड ग्रस कलेक्शन गरेको आँकडा दिइरहँदा गोविन्दले १५ करोड कमाएको भनिरहेका थिए । उनी फिल्मको वास्तविक आँकडा भन्दा धेरै नै व्यापारिक आँकडा दिन माहिर छन् । यसैले, उनको कुरालाई विश्वास गरिहाल्ने अवस्था छैन ।

तर, गोविन्दले ‘कबड्डी ४’ले ११ दिनमै ‘छक्का पन्जा ३’को १६ करोडको आँकडा पार गर्दै सर्वाधिक कमाउने फिल्मको रेकर्ड बनाएको बताएका छन् ।

उनले, यसो भनिरहँदा फिल्म ‘छक्का पन्जा ३’का निर्माता तथा कलाकार दीपकराज गिरीले भने फिल्मले २० करोड ग्रस कलेक्शन गरेको आँकडा दिएका छन् । उनले मेरो फिल्मसँग कुरा गर्दै भने–‘छक्का पन्जा’को ग्रस १६ करोड हो । ‘छक्का पन्जा ३’ले त २० करोड ग्रस कलेक्शन गरेको थियो ।’

‘कबड्डी ४’का निर्मातालाई ‘छक्का पन्जा ३’को व्यापारिक रेकर्ड चाडो भन्दा चाडो तोडेर शिर्ष स्थानमा बस्न हतार भैसकेको छ । ‘छक्का पन्जा ३’का निर्माता भने अरु फिल्मले रेकर्ड तोडेको सहजै स्विकार गर्न तयार छैनन् । यसैले, यतिबेला यी दुई फिल्मका निर्माताविच रेकर्डको अस्वस्थ प्रतिस्पर्धा चलेको देखिन्छ ।

अब, यी दुई फिल्मका निर्माताले दिएको आँकडा सही वा गलत के हो भन्ने वुझ्नका लागि नेपालमा बक्स अफिसको भरपर्दो श्रोत छैन । यसैले, वितरक र निर्माताको भर पर्नुको विकल्प नै छैन ।

यी दुई फिल्मका निर्माताले वास्तविक आँकडा दिएका छन् या छैनन् भन्नका लागि त कर कार्यलय नै दुबै निर्मातासँग वास्तविक हिसाब माग्नुको विकल्प नहोला ।

Must View