नागरिक पोष्ट News


नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थामा नम्बर १ नायिका को होला ?

1.2K

काठमाडौं - नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्थामा नम्बर १ नायिका को होला  बक्स अफिस, अभिनय, ब्रान्ड बजार आदिलाई मध्यनजर गरेर यसको मापन गर्ने गरिन्छ । फिल्म ‘बुलबुल’बाट सर्वाधिक चर्चा पाएपछि हिट भएपछि नायिका स्वस्तिमा खड्काले नम्बर १ को दौडमा आफूलाई सहभागी गराएकी हुन् । पछिल्लो फिल्म ‘चिसो मान्छे’को फस्टलुक सार्वजनिक भएपछि त स्वस्तिमा खड्काले यो लिगमा आफूलाई धेरै अगाडि पुर्याइसकेको तर्क फिल्म क्षेत्रमा गर्ने गरिन्छ ।

उसो भए के स्वस्तिमा खड्का अहिलेकी नम्बर १ नायिका हुन् त रु स्वस्तिमा आफै भने यो कुरा स्विकार गर्न तयार छैनन् । उनी, आफू कहिले पनि स्टारडम र नम्बर १ को दौडमा नरहेको तर्क गर्छिन् ।

तर, स्वस्तिमा खड्काको रोजाइका फिल्म, ब्रान्ड बजारमा एकछत्र राज, फिल्म क्षेत्रमा उनले बनाएको स्थानका कारण उनलाई नम्बर १ मान्नेहरु पनि धेरै छन् ।

स्वस्तिमा आफूलाई फरक–फरक चरित्रलाई निर्वाहा गर्न मन लाग्ने तर्क गर्छिन् । उनले, आफूले फिल्म क्षेत्रमा आएर अभिनेत्रीको परिभाषा नै बदल्नेतर्फ कहिल्यै पनि नसोचेको बताइन् । दर्शकले आफूलाई जुन रुपमा लिएपनि आफू त्यसलाई स्विकार गर्न तयार हुने उनको तर्क छ ।

असारको ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चिसो मान्छे’ दर्शकको प्रतिक्षामा छ । फिल्ममा ‘पुष्पा’को भूमिकामा देखिएकी स्वस्तिमा दर्शकले आफ्नो भूमिकालाई रुचाइदिए खुशी हुने तर्क गर्छिन् ।

Must View