नागरिक पोष्ट News


 प्रशारण लाइनको तारमा सर्कल गर्दै तार तारै  हिंड्दै गरेको अवस्थामा एक व्यक्ति

721

काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका हुन् । उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।  प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर उनले मानेका छैनन् । 

Must View