मफिायाको कब्जामा फोहोर रहुन्जेल फोहोरको समस्या हल हुदैन - मुकुन्द रिजाल वडा अध्यक्ष
काठमाण्डौँ - काठमाण्डौँ महानगर पालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालले माफियाको कब्जामा फोहोर रहुन्जेल फोहोर व्यवस्थापनको समस्या हल नहुने बताउनु भएको छ । एक अन्तर्वाताका क्रममा अध्यक्ष रिजालले फोहोर माथि घिनलाग्दो राजनिति र माफियागिरी भइरहेको बताउनु भएको हो ।
विभिन्न दलबाट आएका होस् वा स्वतन्त्र सबै निर्वाचन जितेर आएकाहरु जनताको सेवा गर्न आएका हुन् त्यसैले सबैले स्वतन्त्र भएर काम गर्नु पर्नै वडा अध्यक्ष रिजालले बताउनु भएको छ । सबैले उही जनताको मत पाएको भन्दै एकीकृत रुपमा काम गर्नु पर्ने कुरामा अध्यक्ष्य रिजालले जोड दिनु भयो ।
बन्चरेबासी फोहोर प्रभावितको अवरोधका कारण फोहोर व्यवस्थापन हुन नसक्दा लामो समय देखि काठमाण्डौँको फोहोर उठ्न सकेको थिएन । जसका कारण काठमाण्डौँ नै दुर्गन्धित भएको छ । माथिल्लो तहबाट फोहोर व्यवस्थापन गर्न खासै ठोस कार्य नभएको भन्दै अध्यक्ष आफै फोहोर व्यवस्थापन गर्न केही दिन देखि फिल्डमा उत्रनु भएको थियो । नागरिकपोष्ट डटकम सँग कुराकानी गर्दे अध्यक्ष रिजालले भने - " काठमाण्डौँको फोहोर समस्या होईन यसलाई माफियाहरले विकराल समस्या बनाएका हुन् । महानगरका मेयरलाई सबैभन्दा पहिला काठमाण्डौको फोहोर कसको हातमा छ निक्र्याेल गरेर समस्याके गाठो फुकाउन आग्रह गर्दछु । "
उहाँले फोहोरलाई कुहिने र नकुहिने छुटछुट्टै बर्गिकरण गरी व्यवस्थापन गर्र्दा फोहोरलाई मोहोर बनाउन सकिने बताउनु भयो ।