९ दिनको उछाल १ मात्र देखियो नेप्सेमा, फेरी लाग्यो ओरालो
1.2K
काठमाडौं - लामो समय ९ दिनपछि हिजो बुधबार उच्च अंकले बढेको शेयर कारोबार मापक नेप्से आज बिहीबार फेरी दोहोरो अंकले ओरालो लागेको छ ।
नेप्से अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ८५ प्रतिशतले घटेर २ हजार ६२ दशमलब ८० बिन्दुमा पुगेको छ । नेप्से दोहोरो अंक १७ दशमलब ६४ अंकले घटेको स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार भएका १२ कम्पनी समुहका उपसूचकमा व्यापार बाहेक अरु सबैले घाटा व्यहोरेका छन् ।
कूल २२९ कम्पनीका ३० हजार ७ सय ६२ कारोबारबाट १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रुपैयाँ बराबरका ४१ लाख ५६ हजार १ सय ४ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।