मौद्रिक नीतिमा शेयर बजारबारे समस्या छ, यसको सम्बोधन हुनुपर्छ : अर्थमन्त्री शर्मा
0.9K
काठमाडौं - अर्थमन्त्री जनादर्न शर्माले शेयर बजारमा मौद्रिक नीतिका सम्बन्धमा केही गुनासो रहेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले मौद्रिक नीतिको बारेमा केही गुनासो समस्या रहेको भन्दै त्यसलाई यथोचित सम्बोधन गर्नुपर्ने बताएका हुन ।
शर्माले मार्जिन ल्यान्डिङको लागि आवश्यक व्यवस्था गर्नुपर्ने भन्दै मार्जिन ल्यान्डिङको व्यवस्था गर्न निर्देशन दिएका छन । बजार विकासको लागि नियमनकारी संस्थाबीच समन्वयनको खाचो रहेको बताउदै उनले समन्वयन गर्न आग्रह गरेका छन । यस्तै राष्ट्र बैक , बोर्ड र बिमा समितिको समन्वयात्मक अन्तरसम्बन्धका लागि अपिल गर्ने उनले बताए ।