नागरिक पोष्ट News


बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड, प्रहरीद्वारा अश्रुग्यास प्रहार

1.6K

नुवाकोट - नुवाकोटको ककनी गाउँपालिका (२) स्थित बञ्चरेडाँडामा फोहोर बोकेका गाडीहरुलाई स्थानीयले अवरोध गरेका छन्। बुधबार विहान फोहोर बोकेको गाडीहरुलाई प्रहरीको सहयोगमा फाल्न खोज्दा स्थानीयहरुले गाडीमाथि तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १५ वटा गाडीमाथि तोडफोड गरिएको छ। आक्रमक भीडले गाडीमाथि तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार गरेको थियो। 

दुई दिनअघि सरकार, महानगर र स्थानीबच फोहोर फाल्ने विषयमा सहमति जुटे पनि स्थानीयहरुले अवरोध गर्न छाडेका छैनन्। उनीहरुले मुआब्जा, रोजगारी, स्वास्थ्य बिमालगायतका माग राख्दै दिनहुँ प्रदर्शन गरिरहेका छन्। 

Must View