नागरिक पोष्ट News


 दिनभर वडाका सडकको फोहोर उठाउनै मा ब्यस्त अध्यक्ष मुकुन्द रिजाल   

1.3K

काठमाडौं - ल्यान्डफिल्ड साइटको अवरोधका कारण सडकमै फोहोर थुप्रिएपछि काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजालले सोर्हखुट्टे क्षेत्रको फोहोर आफैं उठाएका छन्।                              

महानगरको संयन्त्रले वातावरण विभागले फोहोर उठाउन नसकेपछि वडा अन्तर्गत रहेका महानगरको गाडी प्रयोग गरेर सडकमा थुप्रिएका फोहोर उठाउन लगाएका हुन्।             

कर्मचारीले फोहोर उठाएपछि फिल्डमा ‘सर टेकुमा नल्या भन्छ’ भनिरहँदा उनी जवाफ दिइरहेका थिए, ‘हत्तेरी टेकु लैजाने हैन क्या।’

उनले फोहोर सङ्कलनको काम वडाको नभई  महानगर अन्तर्गतको भए पनि सडकमा फोहोर नउठेपछि आफैं फोहोर उठाउन निस्किएको बताए।                                                        

अब केन्द्रले सकेन भनेर चुप बस्न सकिएन। मेरो वडाको फोहोर अब मै उठाउँछु,’ उनले भने।

काठमाडौँ महानगरको पहिलो कार्यपालिका बैठकमा बैठकको पद्धतिबारे प्रश्न उठाएपछि मेयर बालेन्द्र शाहका शुभेच्छुकहरूले शाहलाई काम गर्न अवरोध पुर्‍याउने प्रयास गरेको भनेर  उनको विरोध गरेका थिए।

 

 

Must View