फोहोर व्यवस्थापनका बारेमा स्थानीयसँग छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगे
1K
काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र उपमेयर सुनिता डंगोल नुवाकोटको सिसडोल पुगेका छन् ।
काठमाडौँको फोहोर व्यवस्थापनका बारेमा स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोल सिसडोल पुगेका हुन् ।
हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँगको भेटघाटपछि स्थानीयका समस्या र पूर्वाधार विकासबारे अध्ययनका लागि सिसडोल गएको मेयर बालेनले जनाएका छन् ।
दुवैले त्यहाँ पुगेर स्थानीयका समस्या र त्यसको दीर्घकालिन समाधानको उपायका बारेमा छलफल गरेका थिए। काठमाडौँको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताउँदै आएका मेयर साह चुनाव जिते लगत्तै पनि सिसडोल पुगेका थिए ।